गति

testwikiबाट
imported>Bhuwanrana (परिभाषा) द्वारा ११:१४, १३ सेप्टेम्बर २०२०को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

कुनैपनि बस्तुले एकाइ समयमा निश्चित दिशातिर पार गरेको दूरिलाई गति भनिन्छ । गतिमा म्याग्निच्युड (मात्रा) र दिशा दुबै निश्चित हुन्छ ।

अर्थ

भौतिकविज्ञान (Physics) अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानान्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।

प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाटबाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।

यस सन्दर्भमा गति भनेको कुनै वस्तुको त्यो अवस्था हो जुन अवस्थामा वस्तुले आफुलाई स्थानान्तरण गरिरहेको हुन्छ।

परिभाषा

गति भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको दुरी हो।
गति(v)=dt
d पार गरेको दुरी(distance)
t समय(time)
यसको एकाई मिटर प्रति सेकन्ड(m/s) हो।

व्याख्या

साहित्य

छन्दलाई पढ्दा हुने लयलाई गति भनिन्छ।

गतिको महत्त्व वर्णिक छंदको तुलनामा मात्रिक छंदमा बढि हुन्छ । वर्णिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुन्छ तर मात्रिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुँदैन। पूरै चरणको मात्राको निर्देश हुँदैन ।


ढाँचा:Stub