पास्कलको नियम

testwikiबाट
imported>UserOld द्वारा १६:४५, ४ जनवरी २०२५को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

पास्कलको नियम (पास्कलको सिद्धान्त [][][] पनि भनिन्छ तरल पदार्थको चापको प्रसारणको सिद्धान्त पनि भनिन्छ) ब्लेज पास्कलद्वारा प्रतिपादित तरल यान्त्रिकी (fluid mechanics) को सिद्धान्त हो ।जुन नियम यस प्रकार छ - बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।[] यो नियम फ्रेन्च गनितिज्ञ ब्लेज पास्कल ले १६५३ मा स्थापित गरेका थिए र १६६३ मा प्रकाशित गरेका थिए । [][]

पास्कलको नियम

ब्लेज पास्कलको जन्म सन् १६२३ मा फ्रान्समा भएको थियो । उनी एक प्रसिद्ध गणितीज्ञ, भौतिकशास्त्री र दार्शनिक पनि थिए । उनले तरल पदार्थमा चापका सम्बन्धमा एउटा नियम पनि प्रतिपादन गरे । उक्त नियम पास्कलको नियमका नामले संसारभर प्रसिद्ध छ ।

जुन नियम यस प्रकार छ - बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।

यो नियम तरल पदार्थको साथै ग्यास पदार्थमा पनि लागु हुन्छ । पास्कलको नियममा आधारित उपकरण हाइड्रोलिक प्रेस हो।

यदि,

F1= सानो पिस्टनको बल

A1= सानो पिस्टोनको क्षेत्रफल

F2= ठुलो पिस्टनको बल

A2= ठुलो पिस्टनको क्षेत्रफल

पास्कलको नियम अनुसार,

सानो पिस्टनमा लागेको चाप(P1)= ठुलो पिस्टनमा लागेको चाप(P2)

F1A1=F2A2

यो पनि हेर्नुहोस्