गति र वेग
गति र वेग बुझ्नु भन्दा अघि दुरी र स्थानान्तरण बारे बुझ्न आवश्यक छ।
दुरी (Distance) र स्थानान्तरण (Displacement)

दुरी भन्नाले कुनै पनि बस्तुको यात्राको सुरुको बिन्दु र अन्त्यको बिन्दु बिचको दुरीलाई जनाउँछ। यसमा बस्तुले कुन दिशा तर्फ आफ्नो यात्रा तय गरेको छ भन्ने वास्ता हुँदैन। तर स्थानान्तरण भन्नाले उक्त बस्तुको यात्राको सुरुको बिन्दु र अन्त्यको बिन्दु बिचको सबैभन्दा छोटो दुरीलाई जनाउँदछ। यसमा बस्तुले तय गरेको दिशा पनि महत्त्वपुर्ण हुन्छ। [१] उदाहरणको लागि कुनै एउटा व्यक्ति आफ्नो घरबाट कार्यालय घुमाउरो बाटो हुदैँ जान्छ भने उसले वास्तवमा हिंडेर पार गरेको दुरीलाई हामीले स्थानान्तरण भन्न सक्दैनौं। तर उक्त व्यक्तिको घर र कार्यालय बिचको सिधा दुरी स्थानान्तरण हुन्छ। छेउको चित्र्बाट पनि हामी यो कुराको जानकारी पाउन सक्छौँ।
गति र वेग
चलन चल्तिको भाषामा हामी गतिलाई र वेगलाई समान दृष्टिले हेर्छौं। तर विज्ञानको भाषामा यी दुई बीच धेरैनै भिन्नता रहेको छ। जसरी हामीले दुरी नाप्दा दिशाको ख्याल गर्नु पर्दैन त्यसरी नै वेगमा दिशाले कुनै महत्त्व राख्दैन। तर कुनै पनि वस्तुको गति इंकित गर्दा उक्त वस्तु कुन दिशा तर्फ गएको छ भने पनि महत्त्वपूर्ण हुन्छ। यी दुवै भौतिक परिमाणका उदाहरणहरु हुन्। तर वेग scalar हो भने गति vector हो।[२] वेग र गति दुवैलाई निकाल्नको लागि निम्न शुत्र्हरूको प्रयोग गर्नु पर्ने हुन्छ।[३] [४]

यहाँ प्रष्टसँग हामीले के देख्न सक्छौँ भने वेग (Speed) दुरीमा समानुपातिक हुने रहेछ भने गति स्थानान्तरणमा (Velocity) समानुपातिक हुने रहेछ।त्यसैगरी time भन्नाले हामीले वेग वा गति निकाल्ने वस्तुले उक्त दुरी वा स्थानान्तरण पार गर्दा लगाएको समय भन्ने बुझिन्छ।
एकाइ
माथि प्रस्तुत गणितीय शुत्र्बाट पनि हामीले यी दुई भौतिक परिमाणको एकाइ एउटै रहेको जानकारी पाउछौँ। दुवैको SI एकाइ हो।[५]