लिड एसिड ब्याट्री

लिड-एसिड ब्याट्री एक प्रकारको रिचार्जेबल ब्याट्री (पुनः चार्ज गर्न सकिने ब्याट्री) हो। यसको आविष्कार सन् १८५९ मा पहिलोपटक फ्रान्सेली भौतिकशास्त्री गेस्तोँ प्लान्तेद्वारा भएको थियो। यो अहिलेसम्म सिर्जना गरिएको पहिलो प्रकारको पुनः चार्ज गर्न सकिने ब्याट्री हो। आधुनिक ब्याट्रीहरूको तुलनामा, लिड-एसिड ब्याट्रीमा तुलनात्मक रूपमा कम ऊर्जा घनत्व हुन्छ। यसका बाबजुद यसले उच्च सर्ज करेन्टहरू आपूर्ति गर्ने क्षमता राख्दछ। अर्थात अन्य ब्याट्रीको तुलनामा लिड एसिड ब्याट्रीको क्षमता- वजन अनुपात धेरै हुन्छ। यसको न्यून लागत लगायत अन्य विशेषताले सवारी गाडीहरूमा यसको प्रयोग निकै हुने गरेको छ।
चार्ज गर्दा, ब्याट्रीको रासायनिक ऊर्जा ऋणात्मक पक्षमा शुद्ध लिड र घनात्मक पक्षमा PbO 2+ सल्फ्युरिक एसिड बीचको सम्भावित पोटेन्सियल डिफरेन्सको रूपमा भण्डारण गरिन्छ।
डिस्चार्ज हुँदा अम्लको H + आयन र PbO 2 को O 2− आयनहरू H 2 O ) परमाणु बन्ने हुँदा विद्युतीय ऊर्जा उत्पादन हुन्छ। यसको विपरित, चार्ज गर्दा, ब्याट्रीले पानीलाई टुक्राउने उपकरणको रूपमा काम गर्छ।
संरचना

लिड एसिड ब्याट्री मा एक वा अधिक सेल श्रेणीक्रममा जडान गरिएका हुन्छन्। उदाहरण को लागि १२ भोल्टको ब्याट्रीमा ६ सेल श्रेणीक्रममा हुन्छन्। प्रत्येक सेल दुई प्लेट (धनात्मक र ऋणात्मक)बाट मिलेर बनेका हुन्छन्। यी दुवै प्लेटको बीचमा केहि विद्युत कुचालक राखिएको हुन्छ ताकि दुबै प्लेट आपसमा नटासियोस्। प्लेट र कुचालक आदि सब पानी र सल्फ्युरिक एसिड (water:acid=3:1) मा डुबाएर राखिन्छ। धनात्मक प्लेट (Positive Plate) लेड पेराक्साइड (PbO2) बाट बनेको हुन्छ र ऋणात्मक प्लेट (Negative Plate) लिड (Pb) को हुन्छ।
कार्यविधि


| डिस्चार्ज हुँदा | चार्ज हुँदा | |
|---|---|---|
| ऋणाग्र (Negative plate) | ||
| धनाग्र (positive Plate) |