सौर्यमण्डल
ढाँचा:Infobox planetary system
सौर्यमण्डल एक खगोलिय प्रणाली हो जसको केन्द्रमा रहेको तारालाई ग्रह तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन्। सबैभन्दा प्रशिद्ध सौर्यमण्डल मानव सहितको पृथ्वी रहको सौर्यमण्डल हो। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ भने अन्य ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन्। सौर्यमण्डलको बीचमा सूर्य रहेको छ।
सूर्य

सूर्य एक मझौलो आकारको तारा हो। यसको सतहको तापक्रम लगभग हुन्छ भने यसको केन्द्रको तापक्रम [१] हुन्छ। र यसको केन्द्रको चाप [२]रहेको हुन्छ। सर्यले सम्पूर्ण सौर्य मण्डललाई नै उज्यालो पार्ने गरी प्रकाश दिन्छ। यसले यति धेरै प्रकाश र ताप दिनुको कारण यसको केन्द्रमा भइरहेको आणविक प्रतिक्रिया हो। आणविक प्रतिक्रिया हुन सूर्यको केन्द्रमा रहेको चाप र तापक्रमले मद्दत गर्दछन। सूर्यमा भन्दा बढी हाइड्रोजनको मात्रा रहेको हुन्छ।[३] हाइड्रोजनको परमाणुमा जम्मा एउटा इलेक्ट्रोन रहेको हुन्छ।[४] सूर्यको केन्द्र भागमा उच्च तापक्रम हुने भएकोले त्यहाँ रहेका हाइड्रोजनका इलेक्ट्रोनहरू छुट्टिएर जान्छन। अब हाइड्रोजनको न्युक्लियस मात्रै बाकि रहेको हुन्छ। हाइड्रोजनको न्युक्लियसमा प्रोटोन मात्रै हुन्छ। अब ति पोसिटिव चार्ज भएका प्रोटोनहरू माथि यति धेरै चाप लाग्छ कि विकर्षित हुँदा हुँदै पनि तिनीहरू एकै ठाउँमा आइ आणविक प्रतिक्रिया सुरु हुन्छ। यसको साथ साथै ठुलो मात्रामा ताप शक्ति र प्रकाश शक्ति उत्पन्न हुन्छ।
ग्रह
सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। दुरविनका सहायताले गहन खोज गरी ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गरेका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरूलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरूको सङ्ख्या आठ पुगेको छ। सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह बृहस्पति ग्रह,सबैभन्दा सानो ग्रह बुध ग्रह,सबैभन्दा चम्किलो ग्रह शुक्र ग्रह र सबैभन्दा टाढाको ग्रह बरुण ग्रह हो।
भित्री सौर्यमण्डल
भित्री सौर्यमण्डल क्षेत्र चारवटा स्थलीय ग्रहहरू र क्षुद्रग्रह बेल्ट मिलेर बनेको क्षेत्र हो। सूर्य देखि क्षुद्रग्रह पेटीको अन्त्य सम्मको क्षेत्रलाई नै भित्री सौर्यमण्डल भनिन्छ।
भित्री ग्रहहरू

सौर्यमण्डलका भित्री ग्रहहरू अन्तर्गत चट्टान र जमीनी सतह भएका चारवटा ग्रहहरू पर्दछन्। यि ग्रहहरूको केहीको उपग्रहहरू नै छैनन् हुनेको पनि न्युन सङ्यामा छन्।
बुध
ढाँचा:Main बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
शुक्र
ढाँचा:Main शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो र यो सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा छ। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र सल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । शुक्रग्रहसँग कुनै प्राकृतिक उपग्रह छैनन्।
पृथ्वी
ढाँचा:Main पृथ्वी ( सूर्यबाट १ खगोलिय एकाइ (१५ करोड किलोमिटर; ९ करोड ३० लाख माइल ) दुरीमा अवस्थित) सौर्यमण्डलको तेस्रो ग्रह हो। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। पृथ्वी एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा रहेको छ। पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्छ ।
मङ्गल
ढाँचा:Main मङ्गल सूर्यबाट चौथो ग्रह वा भित्री सौर्यमण्डलको अन्तिम ग्रह हो। यो ग्रह पृथ्वी र शुक्र भन्दा आकारमा सानो छ। यसको जमीनमा भएको आइरन अक्साइडको कारण यसको रङ्ग रातो देखिन्छ। मङ्गल ग्रहको वायुमण्डलमा अधिकतम कार्बन्डाइअक्साइड रहेको छ। यसका दुईवटा प्राकृतिक उपग्रह रहेका छन्।
क्षुद्रग्रह पेटी
क्षुद्रग्रह पेटीले मङ्गल र बृहस्पति ग्रहको बीच कक्ष ओगटेको छ। यो सूर्य बाट १.५ खगोलिय एकाइ (२२ करोड किलोमिटर; १४ करोड माइल) दुरीमा अवस्थित छ। क्षुद्रग्रह पेटीको भित्र १ किलोमिटर व्यास सम्म भएका लाखौंको सङ्यामा पिण्ड तथा क्षुद्रग्रह हुन्छन्।[५]
बाहिरी सौर्यमण्डल
बाहिरी सौर्यमण्डल विशाल ग्रहहरू र तिनका ठुला-ठुला प्राकृतिक उपग्रहहरूको क्षेत्र हो। बाहिरी सौर्यमण्डल सूर्यबाट धेरै दूरीमा हुने हुनाले यस क्षेत्रमा कम तापक्रम हुने कारण यस क्षेत्रमा भित्री सौर्यमण्डलको तुलनामा पानी, अमोनिया र मिथेन उच्च अनुपातमा ठोस रूपमा रहेका हुन्छन्।
बाहिरी ग्रहहरू

बाहिरी ग्रहहरू अन्तर्गत सौर्यमण्डलका चार विशाल ग्रहहरू पर्दछन्। बृहस्पति र शनि ग्रहको सामुहिक पिण्डको आकार पृथ्वीको भन्दा ४०० गुणा बढी हुन्छ। यिनीहरूको वायुमण्डलमा हाइड्रोजन र हिलियम अत्यधिक मात्रामा रहेको छ।
बृहस्पति
ढाँचा:Main बृहस्पति सूर्यबाट ५.४ खगोलिय एकाइ ( ७८ करोड किलोमिटर; ४८ करोड माइल) दुरीमा रहेको छ। यो ग्रह सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह हो। बृहस्पतिको पिण्ड सौर्यमण्डलका अन्य सबै ग्रहहरूको सामुहिक पिण्ड भन्दा २.५ गुणा अधिक छ। बृहस्पतिका ७९ वटा प्राकृतिक उपग्रह रहेका छन्। यसको उपग्रह गेनिमेड सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह हो जुन बुध ग्रह भन्दा ठुलो छ।
शनि
सौर्यमण्डलिय पिण्डहरूको क्रम
हाम्रो सौर्यमण्डलमा जम्मा ८ ग्रह, ३ साना ग्रह र अन्य ठूला पिण्डहरू सूर्यको परिक्रमा गर्दछन। सूर्यबाट दुरिको आधारमा क्रममा पिण्डहरू यस प्रकार रहेका छन्:
- बुध
- शुक्र
- पृथ्वी
- मङ्गल
- बृहस्पति
- शनि
- अरूण
- बरूण
- यम
- एरिस
- कुइपर पेटी
- क्षुद्रग्रह पेटी
- सेरेस
- पुच्छ्रेतारा
अन्य धेरै बस्तुहरूले सूर्यको परिक्रमा गर्दछन र तिनिहरू सबै सौर्यमण्डलकै भाग हुन। उदाहरणको लागि, क्षुद्रग्रह पेटी, एक यस्तो क्षेत्रहो जहाँ धेरै ढुङ्गाहरू छन्। यिनिहरू ग्रहहरू भन्दा निक्कै साना छन्। कतिपय त एक किलोमिटर भन्दा छोटो व्यास भएकापनि छन्।