स्तरीय भिन्नता

testwikiबाट
imported>UserOld (यो पनि हेर्नुहोस्) द्वारा ०१:५८, १९ जनवरी २०२५को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

तथ्याङ्कशास्त्रमा, कुनै श्रेणी वा तथ्याङ्कहरूको वितरणमा त्यसका प्रत्येक पद र मध्यमान विचलनको वर्गको औसतको वर्गमूललाई स्तरीय भिन्नता (ढाँचा:Lang-en) भनिन्छ । अर्को शब्दमा कुनै पनि तथ्याङ्कहरूको मध्यमानबाट प्रत्येक पदको विचलनलाई वर्ग गरी तिनीहरूको योगफललाई जम्मा पद सङ्ख्याले भाग गरी वर्गमूल निकालेर स्तरीय भिन्नता गणना गरिन्छ । त्यसैले यसलाई मध्यक भिन्नताको वर्गको औसतको वर्गमूल (ढाँचा:Lang-en) पनि भन्ने गरिन्छ । यसलाई ग्रीक अक्षर सिग्मा (σ ) ले जनाइन्छ ।

आठ जना विद्यार्थीहरूको ग्रेडको स्तरीय भिन्नता

मानौं, कुनै एक कक्षा को आठ जना विद्यार्थीहरूको ग्रेड निम्नानुसार छ

2, 4, 4, 4, 5, 5, 7, 9.

यी आठ आंकडाको औसत/ मध्यक ५ आउँछ:

μ=2+4+4+4+5+5+7+98=408=5.

पहिले, प्रत्येक आँकडाहरूको मध्यकबाट भिन्नता निकाल्नुहोस्:

(25)2=(3)2=9(55)2=02=0(45)2=(1)2=1(55)2=02=0(45)2=(1)2=1(75)2=22=4(45)2=(1)2=1(95)2=42=16.

यी मानहरूको प्रसरण यस प्रकार हुन्छ

σ2=9+1+1+1+0+0+4+168=328=4.

स्तरीय भिन्नता प्रसरण को वर्गमुल सँग बराबर हुन्छ:

σ=4=2.

यो पनि हेर्नुहोस्